नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा निर्वाचनको संक्षिप्त जानकारी
संविधान सभा सदस्यको निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपालको अन्तरिम संविधान बमोजिम निर्वाचन आयोग समक्ष दर्ता भएका ७४ वटा राजनैतिक दलहरुमध्ये ५४ वटा राजनैतिक दलहरुले संविधान सभा सदस्यको निर्वाचनमा भाग लिएका थिए।

नेपालमा बहुप्रतिक्षित ऐतिहासिक संविधानसभा निर्वाचन २०६४ चैत २८ गते समग्रमा अपेक्षा गरेभन्दा शान्तिपूण रूपमा सम्पन्न भएको थियो।निर्वाचन सम्पन्न गर्न नेपाल सरकार, राजनीतिक दलहरू, निर्वाचन आयोग, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षक, मतदाता, सुरक्षाकर्मीलगायत सम्बन्धित सबैको ठूलो योगदान थियो।

यस निर्वाचनमा महिलाको उत्साहप्रद सहभागिता देखिएका, मतदाताहरू निर्वाचनमा भाग लिन उत्साहित भएका, राजनीतिक दलहरूको भूमिका प्राय गरी सकारात्मक रहेका, राष्ट्रिय र अन्तराष्ट्रिय पर्यवेक्षक तथा सञ्चारकर्मीको प्रायय सबै स्थानमा निर्वाध पहुँच तथा उपस्थिति रहेको थियो।

संविधानसभा निर्वाचनमा कतिपय क्षेत्रमा भने सुरक्षा व्यवस्था प्रभावकारी हुन सकेको थिएन। निर्वाचनको अघिल्लो दिन दाङमा सुरक्षाकर्मीले चलाएको गोलीबाट नेकपा माओवादीका ७ जना कार्यकर्ता मारिएका तथा सुर्खेतमा चैत २६ गते नेकपा एमालेका उम्मेदवार ऋषिप्रसाद शर्माको हत्या भएको थियो। र्सलाही निर्वाचन क्षेत्र नं। ६ का उम्मेदवार शम्भूप्रसाद सिंहलाई मतदानकै दिन गड्हिया बजारमा अज्ञात समूहले गोली हानी हत्या गििरएको, र्सलाही क्षेत्र नं। ५ बाट मधेसी जनअधिकार फोरमका उम्मेदवार अशोककुमार यादव हतियारसहित मतगणनास्थलबाट पक्राउ परेको जस्ता घटनाहरू भएका थिए।

त्यसैगरी निर्वाचनमा विजयी भई र्फकंदै गर्दा गत वैसाख २ गते अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका उम्मेदवार रामशरण महतलगायतलाई आक्रमण गरी घाइते तुल्याइएको तथा मतदानमा सहभागी भई घर र्फकंदै गरेका मतदाता गंगा दासलाई सुनसरी जिल्लाको भुटाहामा अज्ञात व्यक्तिले चैत २८ गते धारिलो हतियार प्रहार गरी हत्या भएको घटनाले उम्मेदवार र मतदाताको पर्याप्त सुरक्षा हुन नसकेको देखिएको थियो। मतदानमा खटिएका कर्मचारीहरूलाई कुटपिट तथा अपहरण गरिएको, मतदान केन्द्रमा धाँधली भएको, बुथ क्याप्चर भएको, मतपत्र जलाइएको वा लुटिएको जस्ता कारणले १२ जिल्लाका २१ निर्वाचन क्षेत्रका १०६ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको घटनाले ती स्थानहरू सुरक्षा व्यवस्था फितलो भएको पुष्टि गर्दछ । त्यसैगरी अन्य कतिपय मतदान केन्द्रहरूमा विभिन्न किसिमका अनियमितता भएको भनी निर्वाचन आयोग र राष्ट्रिय मावन अधिकार आयोगमा उजुरीहरू परेका थिए। त्यस्तै सञ्चारमाध्यमले साना राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारहरूलाई प्रचारप्रसारमा उचित प्राथमिकता नदिएको भन्ने गुनासो पनि आयोगमा प्राप्त भएका थिए।

प्रभावकारी मतदाता शिक्षाको व्यापक कमी भएकाले संखुवासभा, मोरङ, काभ्रे लगायतका जिल्लाहरूमा हजारौंको सङ्ख्यामा मतपत्र बदर भएका थिए । कैदी-बन्दी, सुरक्षाकर्मी, माओवादीको क्यान्टोनमेन्ट र सैनिक ब्यारेकभित्र संविधानसभा निर्वाचनको सम्बन्धमा प्रयाप्त मतदाता शिक्षा पुग्न सकेको थिएन।

कतिपय स्थानमा घन्टौ पैदल हिंड्नु पर्ने स्थानमा मतदान केन्द्र राखिएको, मतदान केन्द्रमा पिउने पानी, शौचालय र प्राथमिक स्वास्थोपचारको अभाव भएको विभिन्न अनुगमन प्रतिवेदनबाट पुष्टि गरेका छन् । अर्कातिर, मतपत्र जलाईको, मतपेटिकामा पानी खन्याइएको, निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएको, कुनै उम्मेदवारको चिहृन नै नभएका मतपत्र समेत पाइएकाले निर्वाचन आयोगको तयारी अझ व्यापक हुन नसकेको मानव अधिकार आयोगले जनाएको थियो।

वृद्ध, अशक्त र अपाङ्गहरूलाई विशेष प्राथमिकता दिन र सहज व्यवस्था गर्ने भनिएता पनि कतिपय स्थानमा त्यस अनुसारको व्यवस्था भएको थिएन । केही स्थानमा एउटै व्यक्तिले पटकपटक मतदान गरेको र बालबालिकाले समेत मतदान गरेको तथ्यहरू फेला परेक थिए। त्यसैगरी व्यक्तिको परिचय खुल्ने नागरिकता वा अन्य कागजात लिई मतदान गर्न आउन निर्वाचन आयोगले भनेकोमा राजनीतिक दलले दिएको कागजको टुक्राकै आधारमा धेरै व्यक्तिले निर्वाध मतदान गरेका थिए ।

सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, डडेल्धुरा, नुवाकोट, रसुवा, गोरखा लगायतका जिल्लाहरूमा त्यहाँको निर्वाचन स्वच्छ र स्वतन्त्र नभएको र त्यहाँ मतदातालाई आफ्नो पक्षमा मतदान गर्न नेकपा माओवादीका कार्यकर्ताहरूले धम्क्याएको वा आवागमनमा रोक लगाएकाले त्रसित मतदाताहरूले स्वविवेकमा मतदान गर्न नपाएको भनी विभिन्न राजनीतिक दलहरू र तिनका उम्मेदवारहरू समेतले आयोगमा उजुरी दिएका थिए। 

सुरक्षा संयन्त्र र निर्वाचन आयोगबीच आवश्यक समन्वय हुन नसक्दा जघन्य अपराधमा संलग्न भनी फौजदारी अभियोग लागेका व्यक्तिसमेत निर्वाचनको उम्मेदवारी प्रक्रियामा सामेल भएका थिए।

तथापि पर्यवक्षेकहरुले संविधानसभा निर्वाचन समग्रमा अपेक्षा गरेभन्दा शान्तिपूण वातावरणमा सम्पन्न भएको ठहर गरेका थिए ।

२४० निर्वाचन क्षेत्रमा देशलाई बाडेर प्रत्यक्ष तर्फ२४० र समानुपातिक तर्फदलहरुले पाएको मतका आधारमा ३३५ तथा मन्त्रिपरिषदबाट २६ जना मनोनित गरी ६०१ जनाको संविधान सभालाई पूर्ण बनाइएको थियो।

समानुपातिक निर्वाचनमा कूल १११४६५४० मत खसेको र सो बाट सदर मतको संख्या १०७३९०७८ र बदर मत संख्या ४०७४६२ रहेको छ । ६३ प्रतिशत भन्दा बढी मतदाताले यस प्रणालीमा आफ्नो सहभागिता जनाएका छन् ।

जमाजम्मि ६०१ सदस्यका लागि भएको संविधानसभा निर्वाचनमा दलहरुले निम्न अनुसार सीट प्राप्त गरेका थिए।

नेकपा माओवादी २२०
नेपाली काग्रेस ११०
नेकपा एमाले १०३
मधेसी जनअधिकार फोरम ५२
तराई मधेस लोकतान्त्रिक पार्टी २०
सद्भावना पार्टी ९
राष्ट्रिय प्रजातन्त्र पार्टी ८
नेकपा माले ८
जनमोर्चा नेपाल ७
नेकपा संयुक्त ५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ४
राष्ट्रिय जनमोर्चा ४
नेपाल मजदुर किसान पार्टी ४
राष्ट्रिय जनशक्ति पार्टी ३
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) २
राष्ट्रिय जनमुक्ति पार्टी २
नेपाली जनतादल २
नेकपा (एकीकृत) २
स्वतन्त्र २
दलित जनजाति पार्टी १
नेपा राष्ट्रिय पार्टी १
समाजवादी प्रजातान्त्रिक जनता दल १
चुरे भावर राष्ट्रिय एकता पार्टी १
नेपाल लोकतान्त्रिक समाजवादी दल १
नेपाल परिवार दल १
मन्त्रीपरिषदबाट मनोनित २६


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions