नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

कल्पना राणा

नेकपा संयुक्तबाट समानुपातिकतर्फ संविधानसभामा प्रतिनिधित्व गर्ने कल्पना राणा २०४८ को संसदीय निर्वाचनमा नेकपा प्रजातन्त्रवादी(हाल संयुक्त) का उम्मेदवार हुनुहुन्थ्यो। ५२ वर्षीया राणाले गोरखपुर विश्वविद्यालय (भारत) बाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। समाजसेवामा उहाँको रुचि रहेको छ र उहाँका कविता तथा लेखहरु प्रकाशित हुँदै आएका छन्। समाजमा व्यक्त लैङ्गिक, जातीय, क्षेत्रीय एवं वर्गीय विभेद र उत्पीडनका कारण २०२८ साल देखि राजनीतिमा होमिएकी राणा हाल नेकपा संयुक्तकी केन्द्रीय कार्यसमिति सदस्य र वागमती अञ्चल इन्चार्ज हुनुहुन्छ। यस अघि उहाँले पार्टीको काठमाडौं जिल्ला अध्यक्ष, संगठन विभाग सदस्य र संयुक्त वममोर्चा (नेपाल) को केन्द्रीय सचिवको जिम्मेदारी वहन गरिसक्नुभएको छ।

दृढ इच्छाशक्तिका साथ आफूले निरन्तर गरेको संघर्ष, परिवार र शुभचिन्तकको सहयोग तथा पार्टीको राजनीतिले आफूलाई संविधानसभामा पुर्‍याएको मान्नुहुन्छ सभासद राणा। संविधान सभामा सबै किसिमको विभेदको अन्त्य गर्नुका साथै जातीय, क्षेत्रीय तथा धार्मिक सदभाव, सहिष्णुता एवं एकताको पक्षमा र समावेशी, समतामूलक राज्य निर्माणका निम्ति जोडदार आवाज उठाउने उहाँको अठोट छ। नयाँ संविधान चाँडोभन्दा चाँडो निर्माण गरिनुपर्ने र जनताका भावना सँग कसैले पनि खेलबाड गर्न नहुनेमा उहाँको विशेष जोड रहेको छ।

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions