|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस
बादशाह कुर्मी २०४२ सालदेखि राजनीतिमा संलग्न बादशाह कुर्मी समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। पिछडिएका, मधेसी र अदिवासीलाई राज्यको मूलप्रवाहमा ल्याउन नसकेसम्म मुलुकले प्रगति गर्न सक्दैन भन्ने धारणा राख्ने कुर्मी राजनीतिका अतिरिक्त समाजसेवामा समेत रुचि राख्नुहुन्छ। बाँके, परसपुर निवासी कुर्मी राजनीतिक संघर्षका क्रममा एक महीना जेल पर्नुभएको छ। निरंकुश राजतन्त्रको समाप्ति र लोकतन्त्र स्थापनाका निम्ति भएको २०६२ सालको जनआन्दोलनमा उहाँको हात भाँच्चिएको थियो। प्रचारप्रसारबाट टाढा रहेर काम गर्न रुचाउने कुर्मी नेपाली कांग्रेसका महासमिति सदस्य हुनुहुन्छ। उद्योग-व्यापारमा संलग्न रहँदै आएका कुर्मी २ छोरा,२ छोरीका पिता हुनुहुन्छ। उहाँले आइ.ए. सम्मको अध्ययन गर्नुभएको छ। नेपाल रेडक्रस सोसाइटीका उहाँ आजीवन सदस्य हुनुहुन्छ। सैद्धान्तिक निष्ठा, जनतासँगको निकट सम्बन्ध र पार्टीको नीतिका कारण आफू संविधानसभासम्म पुग्न सकेको बताउने सभासद कुर्मीले संविधानसभामा राज्यको पुनःसंरचना र राज्यका सबै अंगमा पिछडिएका आदिवासी-मधेसीको समानुपातिक प्रतिनिधित्वका मुद्दाहरु प्रमुखतासाथ उठाउने निश्चय गर्नुभएको छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||