नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस

बलदेव शर्मा मजगैयां

२०५१ र २०५६ का संसदीय निर्वाचनहरुमा दाङ क्षेत्र नं. २ बाट निर्वाचित बलदेव शर्मा मजगैयाँ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ५९ वर्षीय मजगैयाँ कांग्रेसका केन्द्रीय सदस्य र संगठन विभाग प्रमुख समेत हुनुहुन्छ। उहाँले कृषि राज्यमन्त्री र जलस्रोत मन्त्रीको जिम्मेदारी बहन गरिसक्नुभएको छ। मजगैयाँ नेपाली कांग्रेसको अनुशासन समितिको सदस्य समेत हुनुहुन्थ्यो। आफ्नो पारिवारिक परिवेश (बुबा नेपाली कांग्रेसको जिल्ला सचिव हुनुहुन्थ्यो) का कारण २०२४ सालदेखि राजनीतिमा संलग्न मजगैयाँले यसक्रममा सात वर्ष जेलजीवन बिताउनुभएको छ। उहाँ २०३३ देखि २०३७ सम्म लगातार चार वर्ष र २०२८ सालमा १९ महीना जेलमा हुनुहुन्थ्यो। मजगैयाँले बम काण्डको मुद्दा समेत खेप्नुभएको छ।

भारतबाट इतिहासमा स्नातकोत्तर मजगैयाँको रुचि साहित्यमा छ। उहाँका नरमणि (लघु उपन्यास), कुइरो, चाड, विवशता, मानसी (उपन्यास), संकल्प (कथा संग्रह), वेलपत्र (पद्य संग्रह) प्रकाशित छन्। उहाँले "बी.पी. विचार" पुस्तकको सम्पादन गर्नुभएको छ र गीति एल्वम "थोरै घाम धेरै पानी" पनि रचना गर्नुभएको छ। कृषि पेशामा समेत आवद्ध, १ छोरा र १ छोरीका पिता सभासद मजगैयाँ संविधानसभामा आफूले लोकतन्त्रको सुनिश्चितता र कानूनी राज्यको स्थापनाका मुद्दाहरुलाई विशेष प्रमुखतासाथ उठाउने बताउनुहुन्छ।

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions