|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस
भुटीनी देवी खवास मोरङ, बैजनाथपुर निवासी ४० वर्षीया भोटनीदेवी खवास समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०३६ सालदेखि राजनीति र त्यसका साथै समाजसेवामा समेत सक्रिय रहँदै आएकी खवास नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाल महिला संघका केन्द्रीय सदस्य हुनुहुन्छ। प्रजातन्त्र एवम् नागरिक अधिकारका निम्ति भएका आन्दोलनहरुमा उहाँ सक्रिय रहँदै आउनुभएको छ। पछिल्लो पटक, पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा मोरङ र काठमाडौंमा समेत उहाँ पटक―पटक पक्राउ पर्नुभएको थियो। संविधानमा सबैको अधिकार सुनिश्चित हुनुपर्ने र महिला अधिकारमाथि विशेष ध्यान दिइनुपर्ने उहाँको धारणा छ। माध्यमिक तहसम्मको अध्ययन गरेकी सभासद खवास एक छोरा दुई छोरीकी आमा हुनुहुन्छ। राजनीति र सामाजिक सेवाका अतिरिक्त उहाँ कृषि पेशामा समेत संलग्न रहनुभएको छ। नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ, एबीसी नेपाल लगायतका गैरसरकारी संस्थाहरु सँग उहाँ आवद्ध हुनुहुन्छ। संविधानसभामा उहाँले उठाउने निश्चय गरेका दुई प्रमुख मुद्दा हुन्― क. सबैको अधिकार सुनिश्चित हुने किसिमको संविधान निर्माण गर्ने, ख. महिला अधिकारका निम्ति क्रियाशील हुने। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||