|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस
विना पौडेल चैनपुर, संखुवासभा निवासी विना पौडेल समानुपातिक तर्फ नेपाली कांग्रेसकी सभासद् हुनुहुन्छ। आफ्ना हजुरबुबा २००७ साल देखि र बुबा १०१७ सालदेखि निरंकुशता विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेकाले आफू राजनीतिमा लाग्न उत्प्रेरित भएको बताउने पौडेल २०२९ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ। त्रिभुवन विश्वविद्यालयकी स्नातक पौडेल दुई छोराकी आमा हुनुहुन्छ र गरीब-दुःखी-बिरामीको सेवा गर्न तथा पत्रपत्रिका पढ्न रुचि राख्नुहुन्छ। २०५८ सालमा उहाँ पूर्वाञ्चलबाट राष्ट्रिय सभा सदस्यको प्रत्याशी हुनुहुन्थ्यो। उहाँ नेपाली कांग्रेस महासमिति सदस्य, संखुवासभा जिल्ला कार्यसमितिका कोषाध्यक्ष र नेपाल महिला संघका केन्द्रीय सदस्य हुनुहुन्छ। नेपाली कांग्रेसले आह्वान गरेको प्रत्येक आन्दोलनमा सक्रिय ४८ वर्षीया पौडेलले पटक-पटक जेल जीवन व्यतीत गर्नुभएको छ। महिलाहरुको हक-हित र जनजाति, दलित तथा पिछडिएका वर्गको उचित प्रतिनिधित्व गराउने मुद्दाहरु संविधानसभामा प्राथमिकता साथ उठाउने उहाँको संकल्प रहेको छ। साथीभाइको सहयोग र आफ्नो आत्मविश्वास तथा निरन्तर क्रियाशीलताले आफूलाई संविधानसभामा पुर्याएको उहाँको आकलन छ। विना पौडेल भन्नुहुन्छ- भोलिका पुस्ताका लागि हामी सबैले मिलेर राम्रो संविधान बनाउनुपर्छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||