|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस
बोध नारायण सरदार अल्पसंख्यक जाति सरदारबाट ५४ वर्षीय बोध नारायण सरदारले संविधान सभा सदस्यमा समानूपातिक तर्फाट विजयी हासिल गर्नुभएको हो । गरीब दुःखीको काम गरिदिने र तिनीहरुलाई सहयोग गर्न पाउदा आनन्द मान्ने सरदार मधेसी कोटाबाट संविधान सभा सदस्यमा पुग्नुभएको हो । उहाले २०२८ साल देखि नेपाली काग्रेसको तर्फाट राजनीति सुरु गर्नुभएको हो । आमा गौरीदेवी थरुनी र बाबु गुल्टु सरदारका छोरा वोध नारायण अहिले सम्म कुनै पनि संविधान सभा निर्वाचनमा भाग लिनुभएको छैन । पार्टीले आधिकारिक उम्मेदवारहरुलाई हरेक पटक निर्वाचनमा सहयोग गरेका कारण पार्टी आफूलाई समानुपातिक तर्फाट विजयी बनाएको सरदारले बताउनुभयो । थारु मात्रीभाषा भएका सरदारका श्रीमती दुर्गा देवी सरदार हुनुहुन्छ । राजनीति शास्त्रमा स्नातक उपाधि हासील गरेका सरदारले गरीब दुःखीलाई हित हुने संविधान निर्माण गर्नुपर्ने बताउनुहुहन्छ । संविधान सभामा पिछडिएका अल्पसंख्यक वर्गको आवाजलाई उठाउने र लोकतान्त्रिक संविधान निर्माण गर्ने सरदारको लक्ष्य रहेको छ । |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||