नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस

इश्वरी  न्यौपाने

दाङमा जन्मी कैलाली, थापापुरमा स्थायी बसोबास गर्ने ईश्वरी न्यौपाने समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ४९ वर्षीया न्यौपानेले विद्यार्थी राजनीति मार्फत २०३५ सालबाट राजनीतिक यात्रा शुरु गर्नुभएको हो। २०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारप्रसारमा सक्रिय रहेकी न्यौपाने २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा विशेष क्रियाशील हुनुहुन्थ्यो। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा प्रतिगमन विरोधी आन्दोलनमा विशेष क्रियाशील रहँदा २०६२ सालमा उहाँ १ महीना नजरबन्दमा पर्नुभएको छ। नेपाल महिला संघका केन्द्रीय सदस्य रहिसकेकी न्यौपाने हाल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक ईश्वरी न्यौपाने २ छोरा, १ छोरीकी आमा हुनुहुन्छ। साहित्य र समाजसेवामा उहाँको विशेष रुचि छ। सैद्धान्तिक प्रतिवद्धता, राजनीतिक क्रियाशीलता र पार्टी कार्यमा लगनशीलताले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको आकलन छ। सभासद न्यौपाने आफूले संविधानसभामा मानव अधिकार र विधिको शासन तथा महिला अधिकारको सुनिश्चितताका मुद्दाहरुलाई प्रमुखतासाथ उठाउने अठोट गरेको बताउनुहुन्छ।  

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions