नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस

जीवनप्रेम श्रेष्ठ

२०२६ सालदेखि राजनीतिमा संलग्न जीवनप्रेम श्रेष्ठ समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ५९ वर्षीय श्रेष्ठले राष्ट्रिय सभा सदस्य र राष्ट्रिय सभाकै सामाजिक न्याय समितिको सभापतिको जिम्मेदारी वहन गरिसक्नुभएको छ। नेपाली कांग्रेस प्रजातान्त्रिकका मुख्य सचिव रहिसकेका सभासद श्रेष्ठ हाल नेपाली कांग्रेसका पार्टी मुख्‍य सचिव हुनुहुन्छ। उहाँ २०५६ देखि २०५८ सालसम्म पार्टीको गोरखा जिल्ला सचिव हुनुहुन्थ्यो। राजनीतिक यात्राका क्रममा उहाँले राजकाज मुद्दा अन्तर्गत २०४२ सालमा ९ महिना जेल जीवन बिताउनुभएको छ। 

समाजसेवामा रुचि राख्‍ने जीवनप्रेम श्रेष्ठ त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक हुनुहुन्छ। राजनीति बाहेक उद्योग व्यवसाय उहाँको पेशा हो। उहाँका दुई छोरा र एक छोरी छन्। लामो राजनीतिक सक्रियता, सैद्धान्तिक निष्ठा र जनतासँगको निकट सम्पर्कका कारण आफू संविधानसभामा पुगेको उहाँको आकलन छ। पार्टीको एजेण्डा नै संविधानसभामा आफ्नो पनि एजेण्डा भएको उल्लेख गर्ने सभासद श्रेष्ठ समाजमा व्याप्त कुरीति हटाउने विषयमा आफूले विशेष जोड दिने बताउनुहुन्छ। लोकतान्त्रिक मूल्यमान्यता र सामाजिक न्यायमा जोड दिने संविधानले नै देशाको भविष्य उज्ज्वल बनाउन सक्ने उहाँको धारणा छ। 

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions