|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस
कृष्णा ठाकुर कृष्णा ठाकुर संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्नुहुन्छ। उहाँ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा धनुषा जिल्ला समिति सदस्य हुनुहुन्छ। सभासद ठाकुरले आफ्ना श्रीमान् बुद्धिराम ठाकुरको प्रेरणाले २०४६ सालमा नेपाली कांग्रेस मार्फत राजनीतिमा प्रवेश गर्नुभएको हो र निरन्तर सोही पार्टीमा क्रियाशील हुनुहुन्छ। यस अघिका संसदीय चुनावहरुमा उहाँ सहभागी हुनुभएको छैन। जनआन्दोलन २ मा सक्रिय रहँदा पक्राउ परेर उहाँ हिरासतमा रहिसक्नुभएको छ। उहाँ नेपाल महिला संघ(धनुषा) का समेत सदस्य हुनुहुन्छ। महिला अधिकार र संघीय लोकतन्त्रका पक्षमा आवाज बुलन्द गर्दै आएकाले आफूलाई पार्टीले संविधानसभामा पुर्याएको उहाँको विश्लेषण छ। राजनीति वाहेक व्यापार पेशामा संलग्न रहेकी दुई छोरा र एक छोरीकी आमा ठाकुरलाई खाना पकाएर अरुलाई ख्वाउने विशेष सोख छ। सभासद ठाकुरले संविधानसभामा मधेशी महिलाको अधिकार र संघीय लोकतन्त्रको स्थापनाका मुद्दाहरुलाई प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||