नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस

ललिता किङरिङ मगर

रौतहट जिल्ला, जुडवेला गाविसकी ललिता किङरिङ मगर समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। पारिवारिक वातावरणका कारण २०५० सालदेखि राजनीतिमा सक्रिय ४६ वर्षीया मगर हाल नेपाली कांग्रेस, रौतहट जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ। राजनीतिक संघर्षका क्रममा पटक-पटक पक्राउ परेर तीन महिना थुनामा बिताइसकेकी सभासद मगर, नेपाल महिला संघका जिल्ला सदस्य तथा अदिवासी जनजाति संघका जिल्ला अध्यक्ष समेत हुनुहुन्छ। २०५४ सालमा वडा अध्यक्षमा निर्वाचित भएकी उहाँ मगर समन्वय समितिका सल्लाहकार रहिसक्नुभएको छ। सैद्धान्तिक निष्‍ठा, पार्टीको नीति र आदिवासी‍-जनजाति महिलाको पक्षमा आफ्नो सक्रियताले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको आकलन छ। 

सभासद ललिता किङरिङ मगरको रुचि समाजसेवामा छ। तीन छोराकी आमा उहाँले १० कक्षा सम्मको अध्ययन गर्नुभएको छ। महिला समाजसेवा संघका संस्थापक मगरले जीविकाका लागि ११ वर्षसम्म निटिङ मेसिनबाट स्वेटर बुन्ने काम गर्नुभएको छ। आफ्नो खुट्टामा आफै उभिन र स्वाभिमानी भएर बाँच्न रुचाउने मगर सभासद हुनु अघिसम्म काठमाडौं न्युरोडको फुटपाथमा हातले बुनेको सामान बेच्नुहुन्थ्यो। आदिवासी जनजाति महिलालाई राज्यको मूल धारमा ल्याउने वातावरण बनाउनु नै संविधानभामा आफूले उठाउने प्रमुख मुद्दा भएको उहाँ बताउनुहुन्छ। 

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions