|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस
महा नेपाली बाजुरा निवासी महा नेपाली समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। लोकतन्त्र नभएसम्म दलित वर्गको भविष्य सुरक्षित हुन नसक्ने महसूस गरी २०४७ सालदेखि नेपाली कांग्रेस मार्फत राजनीतिमा सक्रिय नेपाली हाल पार्टीको बाजुरा जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ। राजनीतिक यात्राका क्रममा पक्राउ परेर हिरासत समेत भोगिसकेका नेपालीले यसअघि नेपाली कांग्रेसको भातृसंस्था तरुण दलको जिल्ला सदस्यको जिम्मेदारी सम्हालिसक्नुभएको छ। समाजसेवामा विशेष रुचि राख्ने सभासद नेपाली समतामूलक समाज विकास र जिल्ला दलित नेटवर्क (वाजुरा) को समेत अध्यक्ष रहिसक्नुभएको छ। एसएलसी सम्मको अध्ययन गरेका ३८ वर्षीय नेपाली दुई छोरा र दुई छोरीका पिता हुनुहुन्छ। राजनीतिक निरन्तरता, सैद्धान्तिक निष्ठा र दलित वर्गको हितका लागि गरेको कामले आफूलाई संविधानसभा सभासदमा पुर्याएको उहाँको आकलन छ। सबैको सहमतिमा निर्माण हुने नयाँ संविधानले देशको भविष्य सुनिश्चित गर्नेमा विश्वस्त नेपाली संविधानसभामा दलित वर्गको हक-अधिकारका निम्ति आवाज उठाउने र उनीहरुको पक्षमा संविधान बनाउने कार्यमा आफूलाई केन्द्रित गर्ने बताउनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||