|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस
निलम्बर आचार्य सल्यान, खलंगामा जन्म भई काठमाडौं, पुरानो बानेश्वरमा बसोबास गर्दै आएका नीलाम्बर आचार्य नेपाली कांग्रेसको कोटामा मनोनीत सभासद हुनुहुन्छ। धर्मनिरपेक्षतामा विश्वास राख्ने ६५ वर्षीय आचार्य जनआन्दोलन २०४६ पछिको अन्तरिम सरकारमा कानून तथा न्याय मन्त्री र २०५३ सालमा श्रीलंकाका लागि नेपालका राजदूत रहिसक्नुभएको छ। २०१९ सालबाट राजनीतिक यात्रा प्रारम्भ गरेका आचार्य २०२४ देखि २०४८ सालसम्म कम्युनिस्ट पार्टीमा आबद्ध हुनुहुन्थ्यो। यस क्रममा २०३६ र २०४२ सालमा उहाँ केही महिना जेल पर्नुभएको छ। उहाँ २०४८ सालको आम निर्वाचनमा नेकपा―प्रजातन्त्रवादीका तर्फबाट महोत्तरीमा उम्मेदवार हुनुहुन्थ्यो । त्यसपछि पार्टी राजनीतिबाट पृथक् रहेका आचार्यले हालसम्म कुनै पार्टीको सदस्यता लिनुभएको छैन। तत्कालीन सोभियत संघबाट पत्रकारितामा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक आचार्य तीन छोरी एक छोराका पिता हुनुहुन्छ। लेखपढ उहाँको रुचिको विषय हो र उहाँका चिन्तन―विश्लेषणपरक लेखहरु प्रमुख पत्रपत्रिमामा निरन्तर प्रकाशित हुँदै आएका छन्। बौद्धिक व्यक्तित्वका रुपमा परिचित आचार्यको 'प्रजातन्त्रमा संक्रमण' नामक पुस्तक प्रकाशित भएको छ। संविधानसभामा आचार्यले उठाउने अठोट गरेका प्रमुख मुद्दा हुन्― क. लोकतन्त्र र गणतन्त्रको संरचना बलियो पार्ने, ख. लोकतान्त्रिक मूल्यमान्यता बलियो पार्दै विकासको आधार तयार पार्ने। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||