नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस

रामशरण महत

नुवाकोट क्षेत्र नं. २ बाट संविधानसभामा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसका तर्फबाट चुनिनुभएका डा.रामशरण महत अर्थशास्त्र र मुलुकको आर्थिक स्थितिका बारेमा दरो पकड राख्ने प्रजातन्त्रवादीका रुपमा चिनिनुहुन्छ। नेपाली कांग्रेसको सरकारमा पटक-पटक अर्थमन्त्रीको जिम्मेदारी सम्हाल्दै आएका डा.महत परराष्ट्रमन्त्री समेत रहिसक्नुभएको छ। डा. महत शान्ति सम्झौतापछि गठित सातदलीय गठवन्धन सरकारमा पनि अर्थमन्त्री हुनुहुन्थ्यो।

५७ वर्षीय  डा. महत विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघ मार्फत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुभएको हो। नेपाल विद्यार्थी संघका महामन्त्री समेत रहिसकेका उहाँले पञ्चायतकाल छँदै संयुक्त राष्ट्रसंघीय निकायमा माथ्लो ओहदामा रही काम गर्नुभएको थियो। १९९० मा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् उहाँले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेदारी समेत सम्हाल्नुभएको छ। डा. महतले नेपालको अर्थराजनीतिका सम्बन्धमा गहन विश्लेषण गरिएका थुप्रै लेखहरु र पुस्तक समेत लेख्नुभएको छ।

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions