|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाल कम्युनिस्ट पार्टी (माले)
चन्द्रप्रकाश मैनाली राजनीतिमा सी.पी. मैनाली नामबाट परिचित चन्द्रप्रकाश मैनाली नेकपा-मालेका महासचिव हुनुहुन्छ। २०४६ सालदेखि विद्यार्थी राजनीतिमा संलग्न उहाँ २०२७ सालदेखि कम्युनिष्ट राजनीतिमा हुनुहुन्छ। चर्चित झापा आन्दोलनका प्रमुख नेता सी.पी. मैनाली पंचायतकालमा नेकपा माले (हालको एमाले) का महासचिव र लामो समयसम्म त्यसको पोलिटब्युरो सदस्य रहिसक्नुभएको छ। जनताको शोषित-पीडित स्थिति र राष्ट्रको दुरवस्थाले राजनीतिमा लाग्न प्रेरित भएको बताउने मैनाली दर्जनौं पटक पक्राउ परी हिरासत र जेलमा रहिसक्नुभएको छ। २०३२ साल माघमा तत्कालीन पंचायती सरकारद्बारा जेल हालिएका मैनाली २०३३ साल चैतमा नक्खु जेल ब्रेकपछि त्यहाँबाट उम्कन सफल हुनुभएको थियो। राजनीतिका क्रममा उहाँले लामो भूमिगत जीवन बिताउनुभएको छ। त्रिभुवन बिश्वविद्यालयबाट अर्थशास्त्रका स्नातक मैनाली एक छोरा र एक छोरीका पिता हुनुहुन्छ। उहाँकी श्रीमती नीलम (सीता) खड्का पनि संविधानसभा सदस्य हुनुहुन्छ। अध्ययन, लेख र सांस्कृतिक कार्यक्रममा मैनालीको विशेष रुचि छ। पत्र-पत्रिकामा उहाँका राजनीतिक लेख रचना प्रकाशित हुँदै आएका छन्। २०४८ र २०५१ सालका संसदीय निर्बाचनहरुमा झापाबाट विजयी मैनाली अडानमा स्थिरता, आत्मविश्वास, आशावादिता र जनताप्रतिको विश्वासले आफूलाई संविधानसभामा पुर्याएको ठान्नुहुन्छ। संविधानसभामा नेपालको अखण्डता, स्वतन्त्रता र सार्वभैमिकताको रक्षा गर्दै जातीय र भाषिक तथा क्षेत्रगत समानता, स्बशासन र अग्रगामी सामाजिक-आर्थिक परिवर्तनका पक्षमा जोडदार आवाज उठाउने उहाँको अठोट छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||