नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाल कम्युनिस्ट पार्टी (माले)

दामोदर चौधरी

नेकपा-मालेका सदस्यका रुपमा २०२३ सालमा राजनीतिमा प्रवेश गरेका ६५ वर्षीय दामोदर चौधरी संविधानसभामा समानुपातिक तर्फका सभासद हुनुहुन्छ। तत्कालीन नेकपा माले एमालेमा परिणत हुँदा उहाँ एमालेमा हुनुहुन्थ्यो भने पार्टी विभाजन भएर नेकपा माले गठन भएपछि त्यसैमा आवद्ध रही आउनुभएको छ। कक्षा पाँचसम्म अध्ययन गरेका नारायणपुर, दाङ निवासी चौधरीका सेतु र मनकली दुई श्रीमती हुनुहुन्छ र उहाँ तीन छोरा तथा चार छोरी सहित सात सन्तानका पिता हुनुहुन्छ। 

नेत्रलाल अभागीबाट प्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरीले २०३६ चैतदेखि २०३८ पुस सम्म पौने दुई वर्ष जेल जीवन बिताउनुभएको छ। कृषि पेशा सँग आवद्ध सभासद चौधरी समाजसेवा गर्न, नयाँ ठाउँको भ्रमण गर्न र पत्र-पत्रिका पढ्न रुचि राख्नुहुन्छ। आफ्नो इमान्दारीले आफूलाई संविधानसभामा पुर्‍याएको वताउने दामोदर चौधरीले जनता र राष्ट्रको हितमा संविधान बनाउने तथा जनजाति, दलित, पिछडिएकाहरुका समस्या समाधान गर्ने मुद्दालाई प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ।

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions