नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाल कम्युनिस्ट पार्टी (माले)

जनककुमारी चालिसे

ललितपुर निवासी जनककुमारी चालिसे समानुपातिकतर्फ नेकपा-मालेकी सभासद हुनुहुन्छ। ४८ वर्षीया चालिसेले आफ्नो राजनीतिक यात्रा २०३५ सालमा नेकपा मालेको सदस्यका रुपमा शुरु गर्नुभएको हो। २०२८ सालमा शुरु भएको झापा विद्रोह र आफ्नो पारिवारिक पृष्ठभूमिको प्रेरणाले राजनीतिमा लागेको बताउने चालिसे हाल नेकपा मालेका केन्द्रीय सदस्य र पार्टी सम्बद्ध महिला संगठन (अनेमसंघ) की महासचिव हुनुहुन्छ। पार्टीको राष्ट्रवादी अडान र महिला सशक्तीकरण सम्बन्धी आफ्नो कार्यले आफूलाई संबिधान सभामा पुर्‍याएको उहाँको विश्लेषण छ। उहाँ महिला सशक्तीकरण सम्बन्धी विभिन्न संस्थामा आबद्ध हुनुहुन्छ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक तहसम्म अध्ययन गरेकी चालिसे दुई छोराकी आमा हुनुहुन्छ। साहित्यकार श्यामप्रसाद शर्माका दर्जनौं पुस्तक उहाँले प्रकाशित गर्नुभएको छ र अनेमसंघको मुखपत्र "महिला मार्ग"को पनि प्रकाशन गर्दै आउनुभएको छ। नयाँ ठाँउमा घुम्ने र समाजसेवा गर्ने काममा उहाँको रुचि छ। संविधानसभामा राष्ट्रियताको संरक्षण र महिला हक-अधिकारका मुद्दालाई प्राथमिकता साथ उठाउने उहाँको संकल्प छ। उहाँ भन्नुहुन्छ- "यतिखेर मुलुक सामन्तवादको चङ्गुलबाट त मुक्त भएको छ तर विस्तारबादी र साम्राज्यवादीको चङ्गुलमा नपरोस् भनेर सबैले सचेत रहनुपर्छ।"  

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions