|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाल कम्युनिस्ट पार्टी (माले)
तीलकबहादुर थापा मगर नेकपा-माले सम्बद्ध नेपाल प्रगतिशील ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष तिलकबहादुर थापा मगर समानुपातिक तर्फ सो पर्टीका सभासद हुनुहुन्छ। गार्मेन्ट उद्योगमा मजदुरका रुपमा कार्यरत थापा मगरले त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह सम्मको अध्ययन गर्नुभएको छ। नेकपा-चौथो महाधिवेशन अन्तर्गत २०४४ सालदेखि बिद्यार्थी राजनीतिमा संलग्न ३७ वर्षीय थापा मगर २०५१ सालमा नेकपा-एमालेमा प्रवेश गर्नुभयो भने २०५४ साल देखि नेकपा माले सँग आबद्ध रहँदै आउनुभएको छ। हाल उहाँ आफ्नो पार्टीका वैकल्पिक सदस्य हुनुहुन्छ। मार्क्सवादी लेख, रचना अध्ययनमा रुचि राख्ने सभासद थापामगर नेपाल प्रगतिशील ट्रेड युनियन महासंघको मुखपत्र "श्रमिक सन्देश" का एक सम्पादक हुनुहुन्छ। सर्लाही जिल्लामा स्थायी बसोबास भएका उहाँ हाल मध्यपुर-ठिमीमा बस्नुहुन्छ र एक छोरा र एक छोरीका पिता हुनुहुन्छ । मजदूर-किसानको बर्गीय हितका लागि क्रियाशील रहेकाले आफूलाई पार्टीले सभासद बानाएको उहाँ बताउनुहुन्छ। संबिधानसभामा उहाँले मूलतः दुई मुद्दा उठाउने अठोट गर्नुभएको छ- क.राज्यको पुन संरचना गर्दा हिमाल, पहाड, तराई, मधेश मिलाएर प्रदेशहरु बिभाजन गर्ने, ख.मजदुर, किसान लगायत पिछडिएका जाति र वर्गको हित प्रवर्धन गर्ने। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||