|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेकपा
एमाले
भिम बाहादुर रावल राजनीतिमा भीम रावलका नामले परिचित अछाम निवासी भीम बहादुर रावल समानुपातिक तर्फ नेकपा-एमालेको प्रतिनिधित्व गर्नुहुन्छ। ५२ वर्षीय रावल हाल एमाले केन्द्रीय सदस्य र सेती अञ्चल इन्चार्ज हुनुहुन्छ। उहाँले संस्कृति, पर्यटन र उद्योग मन्त्रीको जिम्मेदारी सम्हालिसक्नुभएको छ। २०३२ सालको विद्यार्थी आन्दोलनसँगै राजनीतिमा प्रवेश गरेका रावल शुरुदेखि नै वामपन्थी राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ। २०३३ र २०३८ सालमा गरी ६ महिना जेलमा बिताइसकेका रावल त्यसपछि पनि विभिन्न राजनीतिक आन्दोलनमा पटक पटक पक्राउ, थुना र हिरासतमा पर्दै आउनुभएको छ। २०५१ को संसदीय निर्वाचनमा अछाम क्षेत्र नं.१ बाट विजयी रावल २०४८ र २०५६मा पनि सोही क्षेत्रबाट एमालेका उम्मेदवार हुनुहुन्थ्यो। त्रिभुवन विश्वबिद्यालयबाट कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर रावल दुई छोराका पिता हुनुहुन्छ। वकालत पेशामा संलग्न रहिसकेका रावल "लिगल एड" को निर्देशक हुनुहुन्थ्यो। उहाँले कम्वोडियामा मानव अधिकार रक्षाको लागि पनि काम गरिसक्नुभएको छ। द्वन्द्वसम्बन्धी अनुसन्धान, रिसर्च पेपर लेखन तथा अन्तर्राष्ट्रिय कानूनको अध्ययनमा विशेष रुचि राख्ने भीम रावलका लेख रचना विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन्। "नेपालको कम्युनिष्ट आन्दोलन, उद्भब र विकास","राजनीति र मानव अधिकार", "लिम्पियाधुरा"(कविता संग्रह) उहाँका पुस्तकाकार कृति हुन्। संविधानसभामा राज्यको पुनः संरचना र स्वरुप निर्धारण, नेपालको परराष्ट्र नीतिको पुनः परिभाषा तथा न्याय प्रणालीमा सुधारका मुद्दाहरु प्रमुखतासाथ उठाउने उहाँ बताउनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||