नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेकपा एमाले

विनोद कुमार चौधरी

नेपाल उद्योग परिसंघका अध्यक्ष विनोद कुमार चौधरी समानुपतिकतर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। मुलुकको प्रसिद्ध औद्योगिक घराना चौधरी ग्रुपका प्रेसिडेन्ट सभासद चौधरीले पारिवारिक विरासतका रुपमा व्यापार-व्यवसाय र विभिन्न उद्योगहरु सञ्चालन गर्दै आउनुभएको छ जसका कतिपय उत्पादनहरुले विदेशमा समेत लोकप्रियता आर्जन गरेका छन्। काठमाडौं, रविभवनमा जन्मी त्यहीं बसोबास गर्नुभएका चौधरी नेपाल उद्योग वाणिज्य महासंघसँग समेत आवद्ध हुनुहुन्छ। राजनीतिमा कहिल्यै सक्रिय नरहेका चौधरीले हालसम्म नेकपा एमालेको सदस्यता लिनुभएको छैन।

विनोद कुमार चौधरीले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्र र जनप्रशासनमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ। तीन छोराका पिता चौधरीको रुचि समाजसेवामा छ र उहाँले सामाजिक कल्याणका विभिन्न कार्य गर्दै आउनुभएको छ। अर्थतन्त्रको विकासलाई देशविकासको मेरुदण्ड मान्ने चौधरी देशको खस्कँदो उद्योग व्यापारको लागि उपयुक्त र त्यसको स्तर वृद्धि गर्ने खालको संविधान बनाउन आफ्ना प्रयास केन्द्रित गर्ने बताउनुहुन्छ।

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions