|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेकपा
एमाले
डम्बर ध्वज तुम्वाहाम्फे ५१ वर्षीय डम्बरध्वज तुम्बाहाम्फे ताप्लेजुङ क्षेत्र नं.१ बाट निर्वाचित नेकपा-एमालेका सभासद हुनुहुन्छ। २०३२ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका तुम्बाहाम्फे हाल एमालेका इलाका कमिटी इन्चार्ज हुनुहुन्छ। उहाँ २०४९ र २०५४ सालमा गरी दुई पटक गाविस अध्यक्ष रहिसक्नुभएको छ। तुम्बाहाम्फेले लोकतान्त्रिक लिम्बू संघको जिम्मेदारी समेत सम्हालिसक्नुभएको छ। यसअघिका कुनै पनि संसदीय निर्वाचनमा भाग नलिएका तुम्बाहाम्फे आफ्नो इमान्दारी र गाविस अध्यक्ष भएको वेलामा गरेको कामबाट प्रभावित भएर जनताले संविधानसभा सभासदमा विजयी बनाएको बताउनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट आई.एड. सम्मको अध्ययन गरेका तुम्बाहाम्फे २०३२ देखि २०४९ सालसम्म अध्यापन पेशामा आवद्ध हुनुहुन्थ्यो। ४ छोराका पिता तुम्बाहाम्फे भ्रमणमा रुचि राख्नुहुन्छ र हाल वातावरण संरक्षण मञ्च, ताप्लेजुङका सदस्य समेत हुनुहुन्छ। सबैको सहभागिताबाट बन्ने र सबैलाई न्याय दिने संविधानले नै देशको उज्ज्वल भविष्यको रुपरेखा कोर्नसक्ने विश्वास राख्ने तुम्बाहाम्फे संविधानसभामा जनताको हक-हितका साथै सबै जाति तथा वर्गको उत्थानका लागि स्पष्ट प्रावधान राख्नेतर्फ आफ्ना प्रयास केन्द्रित राख्ने बताउनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||