|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेकपा
एमाले
डम्बर ध्वज सम्वाहाम्फे नेकपा-एमालेका पाँचथर जिल्ला कमिटी सदस्य डम्बरसिंह सम्बाहाम्फे सो पार्टीका तर्फबाट पाँचथर क्षेत्र नं. २ बाट निर्वाचित सभासद हुनुहुन्छ। उहाँ २०४८ र २०५६ सालको संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट संसद निर्वाचित हुनुभएको थियो। २०३६ सालमा राजनीतिक जीवन प्रारम्भ गरेका ४६ वर्षीय सम्बाहाम्फे २०४३ सालमा रानीगाउँ गाविस (पाँचथर) बाट जनपक्षीय उम्मेदवारका रुपमा प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो। उहाँले एमाले राष्ट्रिय जिल्ला परिषद सदस्य तथा मेची अञ्चल सदस्यको जिम्मेदारी पूरा गरिसक्नुभएको छ। उहाँ हाल लोकतान्त्रिक किरात-लिम्बू संघका केन्द्रीय महासचिव हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट बिज्ञानमा स्नातक सम्बाहाम्फे २ छोरा, १ छोरीका पिता हुनुहुन्छ। राजनीति बाहेक समाजसेवामा उहाँको रुचि छ र व्यक्तिगत तथा संस्थागत रुपमा थुप्रै सामाजिक कार्यं गर्नुभएको छ। संविधानसभामा जनताले पार्टी तथा आफू स्वयंप्रतिको विश्वासको आधारमा विजयी बनाएको उहाँको आकलन छ। सभासद सम्बाहाम्फेले संविधानसभामा दिगो शान्तिलाई आफ्नो मूल एजेण्डा बनाउनुका साथै सबै जाति र वर्गलाई समान अधिकार दिलाउने तथा अग्रगामी संविधान बनाउने मुद्दाहरुलाई प्रमुखतासाथ उठाउने निश्चय गर्नुभएको छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||