नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेकपा एमाले

देवी लाल थापा

जुम्ला, महत गाविसका ४६ वर्षीय देवीलाल थापा समानुपातिक तर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। २०४८,२०५१ र २०५६ का तीनवटै संसदीय निर्वाचनहरुमा जुम्ला क्षेत्र नं.१ बाट उम्मेदवार रहेका थापा २०५६ को चुनावमा सांसद चुनिनुभएको थियो। त्यसै क्रममा उहाँ व्यवस्थापिका संसदको सदस्य समेत रहिसक्नुभएको छ। २०३५ सालमा नेपाल मजदुर किसान पार्टीबाट राजनीति प्रारम्भ गरेका थापा नेमकिपा दाङ जिल्ला सदस्य र सो पार्टी सँग सम्बद्ध नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो। उहाँले २०४७ सालमा नेकपा-एमाले प्रवेश गर्नुभएको हो। त्यसपछि उहाँ एमालेका दाङ जिल्ला सचिव रहँदै आउनुभएको छ। 

२०४१-४३ मा राजकाज मुद्दा अन्तर्गत जुम्लामा र २०४४-४५ मा शान्ति सुरक्षा ऐन अन्तर्गत कालिकोटमा जेल जीवन विताएका थापाले एस.एल.सी. सम्मको अध्ययन गर्नुभएको छ। २ छोरा, १ छोरीका पिता थापा कृषि पेशामा हुनुहुन्छ र समाजसेवामा रुचि राख्‍नुहुन्छ। उहाँका कविताहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। संविधानसभामा उहाँले प्राथमिकतासाथ उठाउने अठोट गरेका मुद्दा हुन्- क. राज्यको पुनः संरचना गर्दा कर्णालीलाई मूल धारमा पार्ने वा विकसित गर्ने विशिष्‍ट प्रस्ताव ल्याउने, ख. कर्णालीका पाँच जिल्ला र तीसँग मिल्ने क्षेत्रहरुलाई मिलाएर कर्णाली प्रदेश बनाउन जोड दिने।

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions