नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेकपा एमाले

जया घिमिरे 

सिरहा, विष्णुपुरपट्टी निवासी जया घिमिरे समानुपातिकतर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। विद्यार्थी राजनीति मार्फत २०२९ सालबाट राजनीतिक यात्रा शुरु गरेकी सभासद घिमिरेले यस क्रममा २०३२ देखि दुई वर्ष भूमिगत जीवन र २०३४ साल देखि राजकाज मुद्दामा साढे दुई वर्ष जेल जीवन बिताइसक्नुभएको छ। दुःखी, पीडित, शोषित र अवसरबाट वञ्चित जनताको उत्थानका लागि आफू राजनीतिमा होमिएको बताउने घिमिरे अखिल नेपाल महिला संघकी संस्थापक केन्द्रीय सदस्य हुनुहुन्छ। हाल उहाँले एमाले केन्द्रीय सहकारी विभाग सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सचिवको जिम्मेदारी वहन गर्नुभएको छ। एमाले सगरमाथा अञ्चल कमिटी सदस्य रहिसकेकी घिमिरे २०५६ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं.३ बाट उम्मेदवार हुनुहुन्थ्यो।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक ५२ वर्षीय घिमिरे दुई छोरा, एक छोरीकी आमा हुनुहुन्छ। अध्ययन तथा समाजसेवामा उहाँको विशेष रुचि छ र महिला हित समाज नामक संस्था मार्फत महिला हितका कार्यमा संलग्न हुनुहुन्छ। सैद्धान्तिक आस्था, राजनीतिक निरन्तरता र लगनशीलताले आफूलाई संविधानसभासम्म पुर्‍याएको आकलन गर्ने सभासद जया घिमिरेले संविधानसभामा महिला हिंसा विरुद्ध र सहकारी क्षेत्रमा व्यापक सुधारका निम्ति आवाज उठाउने संकल्प गर्नुभएको छ। 

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions