|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेकपा
एमाले
कृष्णप्रसाद सापकोटा काभ्रेपलाञ्चोक, क्षेत्र नं. ३ बाट निर्वाचित ५६ वर्षीय सभासद कृष्णप्रसाद सापकोटाले आफ्नो राजनीतिक जीवनको प्रारम्भ पञ्चायत व्यवस्थाबाट गर्नुभएको हो। २०४३ सालमा जिल्ला पञ्चायत सदस्य रहनुभएका सापकोटा २०४६ पछि नेकपा माले (हाल एमाले) सँग सम्बद्ध रही आउनुभएको छ। २०४६मा पार्टी संगठित सदस्य रहनुभएका सभासद सापकोटा २०४९ र २०५४ मा काभ्रे जिविस सभापति निर्वाचित हुनुभयो। उहाँ हाल एमाले वाग्मती अञ्चल समन्वय समितिका सदस्य हुनुहुन्छ। कुनै पनि संसदीय निर्वाचनमा भाग नलिएका सापकोटा समाजसेवामा रुचि राख्नुहुन्छ। उहाँले संस्कृतमा स्नातक तह (शास्त्री) सम्मको अध्ययन गर्नुभएको छ। राजनीति बाहेक कृषि पेशामा समेत संलग्न उहाँका पाँच सन्तान छन्। धुलिखेल नगरपालिकामा उहाँको स्थायी बसोबास छ भने हाल लोकन्थली (मध्यपुर ठिमी) मा बस्नुहुन्छ। संविधानसभामा राज्यको पुन संरचना र समावेशी लोकतन्त्रको मुद्दालाई जोडदार रुपमा उठाउने उहँको तयारी छ। सापकोटा भन्नुहुन्छ-काभ्रेपलाञ्चोकका जनताले मलाई जिविस सभापति भएका वेलामा गरेको काम हेरेर तथा संविधानसभामा जनताको एजेण्डा राम्रोसँग उठाइदिन्छ भनेर नै विजयी गराएका हुन्। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||