नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेकपा एमाले

कूल प्रसाद नेपाल

पाल्पा क्षेत्र नं.३ बाट निर्वाचित सभासद कुलप्रसाद नेपाल नेकपा एमालेका पाल्पा जिल्ला कमिटी सदस्य हुनुहुन्छ। ५७ वर्षीय नेपालले वामपन्थी राजनीति मार्फत २०२४ सालमा आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएको हो। पंचायत विरोधी राजनीतिमा संलग्न भएको अभियोगमा चार पटक गरेर उहाँले तीन वर्ष जेल जीवन बिताइसक्नुभएको छ। उहाँ २०४६ को जनआन्दोलनमा वाममोर्चा पाल्पाको अध्यक्ष हुनुहुन्थ्यो र २०४८ साल देखि हालसम्म पार्टीको जिल्ला कमिटी सदस्य रहँदै आउनुभएको छ। उहाँले राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ।  

पार्टीको एजेण्डा र जनता सँगको आफ्नो सामीप्यले आफूलाई संविधानसभा सभासद्‍मा विजयी बनाएको उहाँको अकलन छ। २०४८ सालमा संपन्न संसदीय निर्वाचनमा समेत भाग लिएका नेपालको रुचि राजनीति बाहेक समाजसेवामा पनि रहेको छ। सबैको सहकार्य र सहमतिले बन्ने संविधानले नै नयाँ नेपालको निर्माण गर्न सक्छ भन्ने उहाँको धारणा छ। कुलप्रसाद नेपालले संविधानसभामा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र राज्यमा सबैको समावेशी प्रतिनिधित्व गराउने मुद्दाहरुलाई प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ।

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions