|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेकपा
एमाले
ल्यारक्याल लामा संविधानसभामा समानुपातिक तर्फ नेकपा एमालेको सीटमा प्रतिनिधित्व गर्ने ल्हारख्याल लामाले एमाले पार्टीको सदस्यता भने लिनुभएको छैन। ३८ वर्षीय भिक्षु लामाको उपनाम खेन्यो छिभेद छिरिङ हो र उहाँले भारतबाट बौद्ध दर्शनमा पी-एच्. डी. गर्नुभएको छ। बौद्ध धर्म सँग सम्बन्धी विभिन्न संस्थासँग आबद्ध लामा बौद्ध स्कूलको सञ्चालन र बौद्ध धर्म अध्यापन समेत गर्नुहुन्छ। उहाँको विशेष रुचि अध्ययनमा छ। शेरबहादुर देउवाको सरकार रहेको वेला २०५८ सालमा गुम्बा व्यवस्था समितिको अध्यक्ष बनाइनुभएका लामाले पाँच वर्षसम्म सो जिम्मेदारी वहन गर्नुभयो। उहाँ भन्नुहुन्छ- "मलाई राजनीति मन पर्दैन। यसपालि पहिले एमालेले भन्यो र म संविधानसभा सभासद भएँ। एमालेपछि कांग्रेसले पनि सभासद् भइदिन भनेको थियो।" देश धर्मनिरपेक्ष घोषणा भए पनि धर्मनिरपेक्षता कागजमा मात्र सीमित छ भन्ने धारणा राख्ने ल्हारख्याल लामा धर्मनिरपेक्षतालाई वास्तविक अर्थमा कार्यान्वयन गराउने एकसूत्रीय मुद्दा संविधानसभामा उठाउने र त्यसका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रयास गर्ने बताउनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||