|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेकपा
एमाले
नजीर मियाँ अर्घाखाँचीका नजीर मियाँ समानुपातिक तर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। ५७ वर्षीय मियाँ राजनीतिमा २०४७ सालदेखि सक्रिय हुनुभएको हो। नेपाल मुस्लिम इत्तेहाद संघका अध्यक्ष रहिसक्नुभएका नजीर मियाँ एमालेका केन्द्रीय सल्लाहकार हुनुहुन्छ। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा स्थानीय चुनाव विरोधी आन्दोलनमा सक्रिय रहँदा महिना दिनसम्म थुनामा पर्नुभएका मियाँ प्रतिगमन विरोधी आन्दोलनमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो। यस क्रममा उहाँ पटक-पटक पक्राउ मात्र पर्नुभएन, उहाँलाई पाँचवटा गोली समेत लागेको थियो। १० कक्षासम्मको अध्ययन गरेका नजीर मियाँ ६ छोरा र ३ छोरीका पिता हुनुहुन्छ। समाजसेवा उहाँको रुचिको विषय हो र व्यापार उहाँको पेशा हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र-इन्सेकका बोर्ड सदस्य मियाँ हाल नेपाल मुस्लिम इत्तेहाद संघका सल्लाहकार हुनुहुन्छ। राज्यले सबै धर्मलाई समान मान्यता दिनुपर्छ भन्ने मान्यता राख्ने सभासद मियाँ नेपाली मुस्लिमलाई राज्यले समुदायको रुपमा लिनुपर्ने बताउनुहुन्छ। संविधानसभामा यी कुराका साथै मुस्लिम आयोग गठन गर्ने मुद्दालाई समेत प्रमुखतासाथ उठाउने उहाँको अठोट छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||