नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेकपा एमाले

नारायणी देवी घिमिरे अर्याल

तानसेन नगरपालिकामा स्थायी बसोबास भएकी नारायणीदेवी घिमिरे अर्याल समानुपातिक तर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयवाट कानूनमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर गरेकी ४३ वर्षीया अर्याल राजनीति बाहेक वकालत पेशामा समेत अवद्ध रहँदै आउनुभएको छ। समाजसेवामा रुचि राख्‍ने अर्याल दुई छोरीकी आमा हुनुहुन्छ। आफ्नो पार्टी बाहेक कुनै पनि संघ संस्था सँग आवद्ध नरहेकी अर्यालका लेख-रचना विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन्।

पारिवारिक वातावरणका कारण विद्यार्थी अवस्थादेखि नै राजनीतिमा क्रियाशील अर्याल अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद सदस्य र सोही संघको पाल्पा जिल्ला संयोजक रहिसक्नुभएको छ। साथै उहाँले त्रि.वि. सेवामा २२ वर्षसम्म अधिकृत स्तरमा रही काम गर्नुभएको छ। सभासद अर्याल हाल एमालेको जिल्ला कमिटी सदस्य तथा महिला बुद्धिजीवी फाँट इन्चार्ज हुनुहुन्छ। राजनीतिक संघर्षका क्रममा पटक-पटक पक्राउ परी हिरासतको यात्रा गर्नुभएको छ। लामो राजनीतिक यात्रा, सैद्धान्तिक निष्ठा र पार्टीमा गरेको योगदानले आफूलाई संविधानसभा सभासद बन्न मद्दत पुर्‍याएको मान्ने नारायणीदेवी घिमिरे अर्यालले संविधानसभामा गएर प्रमुखतासाथ उठाउन चाहेका दुई मुद्दा हुन्- क. महिलालाई सकेसम्म बढी अधिकार सम्पन्न बनाउने, ख.लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने।

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions