|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेकपा
एमाले
प्रकाश पाख्रिन सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रकाश पाख्रिन नेकपा-एमालेका सभासद हुनुहुन्छ। ५० वर्षय पाख्रिन आफ्ना बुबा हर्कमान पाख्रिनबाट प्रेरित भई २०४६ सालदेखि राजनीतिमा आवद्ध हुनुभएको हो। यसबीच उहाँले पार्टीको गाउँ कमिटी सदस्य, इलाका इन्चार्ज र प्ररायुसंघ जिल्ला कमिटी सदस्यको जिम्मेदारी बहन गरिसक्नुभएको छ। सभासद पाख्रिन हाल एमाले सर्लाही जिल्ला सल्लाहकार समिति अध्यक्ष हुनुहुन्छ। राजनीतिक यात्राका क्रममा उहाँ पटक पटक पक्राउ र हिरासतमा पर्नुभएको छ। एसएलसी सम्मको अध्ययन गरेका पाख्रिन २ छोरा, २ छोरीका पिता हुनुहुन्छ। कृषि उहाँको पेशा हो र समाजसेवा रुचिको क्षेत्र। उहाँ जनप्रिय युवा क्लवसँग आबद्ध हुनुहुन्छ। यसअघि कुनैपनि संसदीय निर्वाचनमा उम्मेदारी नदिएका पाख्रिन नयाँ नेपालको नयाँ संविधान तयार पार्न जनजातिको प्रतिनिधित्व आवश्यक भएको र त्यसमा आफूले जनताको भावना मुखारित गर्न सक्छु भनेर उनीहरुले संविधानसभामा जिताएको बताउनुहुन्छ। संविधानसभामा उहाँले प्रमुखतासाथ उठाउने निश्चय गरेका मुद्दा हुन्- क. दलित, जनजाति, मधेसीबीच सौहार्द र एकता कायम गर्ने, ख. जनजातिलाई हेपिएको अवस्थाबाट सम्मानजनक अवस्थामा पुर्याउने। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||