|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल
आशादेवी देवी सरदार पत्रकारिता र शिक्षण पेशामा संलग्न ३० वर्षीया आशा कुमारी सरदार समानुपातिकतर्फ मधेसी जन अधिकार फोरमका सभासद हुनुहुन्छ। मोरङ,पोखरिया निवासी सरदारले एसएलसी सम्मको अध्ययन गर्नुभएको छ र उहाँ एक छोरीकी आमा हुनुहुन्छ। मधेसीमाथि भएको उत्पीडनको विरोध गर्न र उनीहरुलाई अधिकार दिलाउन राजनीतिमा लागेको बताउने सरदार २०६३ सालदेखि फोरम मार्फत राजनीतिमा संलग्न हुनुभएको हो। उहाँ मधेसी बुद्धिजीवी फोरमका मोरङ जिल्ला सदस्य रहिसक्नुभएको छ। समाजसेवामा समेत रुचि राख्ने सभासद आशा कुमारी सरदार नेपाल रेडक्रस सोसाइटी- मोरङका आजीवन सदस्य हुनुहुन्छ। पत्रपत्रिका पढ्नु उहाँको रुचिको विषय हो। मधेसी जनताले न्याय पाएपछि मात्र देश प्रगतिको बाटोमा लाग्न सक्ने विश्वास राख्ने सरदारले संविधानसभामा उठाउन चाहेका प्रमुख दुई मुद्दा हुन् - क. मधेसीलाई दोस्रो दर्जाको रुपमा हेरिने प्रवृत्ति समाप्त पार्ने, ख. मधेसी महिलालाई पनि पहाडी महिला सरह अधिकार दिलाउने। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||