|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल
बिजय कुमार गच्छादर सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचित ५५ वर्षीय विजयकुमार गच्छदार मधेसी जनअधिकार फोरमका सभासद हुनुहुन्छ। उहाँ फोरम संसदीय दलका नेता हुनुहुन्छ र सो पार्टीका केन्द्रीय सदस्य पनि। २०२७ सालदेखि राजनीतिमा संलग्न गच्छदार साढे तीन दशकभन्दा बढी नेपाली कांग्रेसमा आबद्ध रहनुभयो। यस अवधिमा उहाँ विभिन्न तह हुँदै पार्टी केन्द्रीय सदस्य र पार्टी विभाजन हुँदा नेपाली कांग्रेस(प्रजातान्त्रिक) का सह महामन्त्री रहिसक्नुभएको छ भने सुचना तथा सञ्चार, भौतिक योजना, जलश्रोत मन्त्रीको जिम्मेदारी समेत सम्हालिसक्नुभएको छ। उहाँ २०४८, २०५१ र २०५६ का तीनवटै संसदीय निर्वाचनमा सुनसरी― २ बाट नेपाली कांग्रेसका उम्मेदवारका रुपमा विजयी हुनुहुन्थ्यो र व्यवस्थापिकमा ― संसदमा समेत सक्रिय हुनुहुन्थ्यो। २०३६, २०४२ र २०४६ का आन्दोलनहरूमा विशेष क्रियाशील रहेका गच्छदारले पटकपटक गरी साढे ६ वर्ष जेल जीवन बिताउनुभएको छ। उहाँ २०६४ सालदेखि कांग्रेस परित्याग गरेर फोरममा सक्रिय हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गच्छदार दुई छोरा एक छोरीका पिता हुनुहुन्छ। जनप्रतिनिधिका रुपमा यसअघि आफूले पुर्याउदै आएको योगदानका कारण जनताले संविधानसभामा विजयी गराएको उहाँको आकलन छ। राजनीति बाहेक उहाँ समाजसेवामा रुचि राख्नुहुन्छ। संविधानसभामा उहाँले उठाउन चाहेका दुई प्रमुख मुद्दा हुन्― क. मधेस एक प्रदेशको लक्ष्य कार्यान्वयन गर्ने, ख.मधेसी जनतालाई राज्यका सबै अंगमा प्रतिनिधित्व गराउने। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||