|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल
चन्द्रिकाप्रसाद यादव चन्द्रिकाप्रसाद यादव मधेसी जनअधिकार फोरमबाट संविधानसभामा समानुपातिक तर्फ बिजयी हुनुभयो । चन्द्रिकाप्रसाद यादव ४६ बर्षीय यादव २०४३ सालदेखि राजनीतिमा सक्रिय हुनुभएको हो । २०४३ सालमा उहा रुपन्देही पोखरभिन्डी गाविसको प्रधानपञ्चमा निर्वाचित हुनभएपछि नै राजनीतिमा लाग्नुभएको हो । सामान्य राजनीतिक कार्यकर्ताको रुपमा रहेका यादव २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट पोखरभिन्डी गाविस अध्यक्षमा लडनुभयो । तर विजयी हुनुभएन । त्यसपछि यादवले एनजीओ खोल्नुभयो । २०५५ सालमा आफै अध्यक्ष भएर वहुउद्देस्यीय विकास सेवा संस्था रुपन्देहीको स्थापना गर्नुभयो । सो संस्थाले शिक्षा, स्वास्थ्य , समावेशीकरणको क्षेत्रमा रुपन्देहीमा विभिन्न कार्यक्रम गरिरहेको छ । अंग्रेजी र राजनीतिक शास्त्रमा स्नातकसगै बीएल उपाधि पनि लिएका यादवसग यदाकदा वकालत गरेको अनुभव पनि छ । संविधानसभामा मधेसका समस्या र समावेशीकरणका मुद्दालाई बलियोसग उठाउने उहाको संकल्प छ । |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||