नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल

ललिता देवी साह

सुनसरी, चिम्दी निवासी ३० वर्षीया ललिता साह समानुपातिकतर्फ मधेसी जनअधिकार फोरमका सभासद हुनुहुन्छ। एसएलसी सम्मको अध्ययन गरेकी साह २०६३ सालबाट फोरममा क्रियाशील हुनुहुन्छ। त्यसअघि उहाँ कांग्रेस कार्यकर्ताका रुपमा जिल्लामा सक्रिय हुनुहुन्थ्यो। फोरमको युवा शाखा काठमाडौं शाखाका इन्चार्ज उहाँका श्रीमान् जीतेन्द्रप्रसाद साह २०६३ सालमा कोटेश्‍वरबाट अपहरणमा पर्नुभएको थियो। उहाँ अहिलेसम्म फेला पर्नुभएको छैन, न त कसले अपहरण गरेको हो भन्ने नै पत्ता लागेको छ। सभासद साह भन्नुहुन्छ - "श्रीमान् अपहरणमा परेपछि पार्टीले मलाई सभासदमा ल्याएको हो।" 

एसएलसी सम्मको अध्ययन गरेकी सभासद साहका एक छोरी, दुई छोरा छन्। उहाँले किराना पसल र औषधी पसल सञ्चालन गर्दै आउनुभएको छ। समाजसेवामा उहाँको रुचि छ र व्यक्तिगत तथा सामाजिक संघसंस्था मार्फत समाज हितका कार्यमा संलग्न रही आउनुभएको छ। संविधानसभामा मधेसी जनताको हक-अधिकारका लागि आवाज उठाउने र अपहरणमा परेका आफ्ना श्रीमा‌न्‌को खोजीमा लाग्ने उहाँका मुख्य एजेण्डा हुन्। 

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions