|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल
ओम प्रकास यादव समाजसेवामा रुचि राख्ने ओमप्रकाश यदव रुपन्देही क्षेत्र नं.६ बाट निर्वाचित मधेसी जनअधिकार फोरमका सभासद हुनुहुन्छ। ग्रामीण स्वावलम्बन विकास केन्द्र, सहकारी संस्था लगायत गैरसरकारी संस्था मार्फत सामाजिक कार्यमा संलग्न रहँदै आएका ३४ वर्षीय यादव २०६३ सालको मधेस आन्दोलन सँगै राजनीतिमा प्रवेश गर्नुभएको हो। त्यस यता फोरमको रुपन्देही जिल्ला सदस्य हुँदै हाल उहाँ रुपन्देही जिल्ला अध्यक्ष हुनुहुन्छ। मधेसका पक्षमा आन्दोलित भइरहँदा आफूलाई माओवादीले अपहरण गरी पाँच दिनसम्म राखेको उहाँ बताउनुहुन्छ। तीन सन्तानका पिता ओमप्रकाश यादव वाणिज्यशास्त्रका स्नातक हुनुहुन्छ। मधेस आन्दोलनमा गरेको योगदान र सामाजिक संस्थाहरु मार्फत जनतको हितमा गरेको कामले आफूलाई संविधानसभामा जीत हासिल गर्न मदत पुर्याएको उहाँ बताउनुहुन्छ। मधेस एक प्रदेशको लक्ष्य पूरा नभएसम्म मधेस आन्दोलित भइरहने बताउने सभासद यादव संविधानसभामा पनि आफूले यही मुद्दालाई पूर्ण सशक्तताका साथ उठाउने अठोट गर्नुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||