नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल

रामा नन्द मण्डल

मोरङ क्षेत्र नं. ४ बाट निर्वाचित रामानन्द मण्डल मधेसी जनअधिकार फोरमका सभासद हुनुहुन्छ। मधेसी,त्यसमा पनि शोषित-पीडित जनतालाई राज्यको मूलधारमा नल्याएसम्म देशले सच्चा प्रगति गर्न नसक्ने धारणा राख्‍ने मण्डल २०६३ माघदेखि फोरममा सक्रिय हुनुहुन्छ। मधेसी जनतालाई मुक्ति दिलाउन राजनीतिमा लागेको बताउने मण्डल हाल फोरमका क्षेत्रीय संयोजक हुनुहुन्छ। यसअघि उहाँले एमालेमा संगठित सदस्य भएर काम गर्नुभएको थियो। जनतासँगको निकट सम्बन्ध र सामाजिक क्षेत्रमा गरेको कामबाट प्रभावित भएर जनताले आफूलाई संविधानसभामा जिताएको उहाँको आकलन छ। 

त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक मण्डलले १२ वर्षसम्म स्थानीय शिवशक्ति मा.वि. मा अध्यापन गर्नुभएको छ। उहाँ उक्त मा.वि.का अध्यक्ष समेत रहँदै आउनुभएको छ। अध्ययन र समाजसेवा उहाँको रुचिका क्षेत्र हुन्। व्यक्तिगत तवरमा र सामाजिक संघसंस्था मार्फत उहाँ सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ। सभासद रामानन्द मण्डलले संविधानसभामा प्रमुखतासाथ उठाउन चाहेका प्रमुख दुई मुद्दा हुन् - क. शोषित पिडित जनतालाई सबै खालका शोषण र पीडाबाट मुक्ति दिलाउने, ख. मधेसी जनतालाई राज्यको मूलधारमा ल्याउने। 

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions