नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल

सन्ध्या देवी देव

बाँके, एकलैनी बजार निवासी ३८ वर्षीया सन्ध्या देवी(देव) समानुपातिकतर्फ मधेसी जनअधिकार फोरमका सभासद हुनुहुन्छ। २०४६ सालबाट नेपाली कांग्रेस मार्फत राजनीति प्रारम्भ गरेकी देव केही वर्ष पछि समता पार्टीमा सक्रिय हुनुभयो र २०६२ सालदेखि फोरममा क्रियाशील हुनुहुन्छ। राजनीतिक यात्राका क्रममा उहाँ बेलाबखत पक्राउ परी हिरासतमा रहनुभएको छ। कांग्रेसमा छँदा महिला ट्रेड युनियन कांग्रेस बाँके जिल्ला अध्यक्ष रहेकी देव हाल मधेसी महिला फोरमका केन्द्रीय अध्यक्ष तथा मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य हुनुहुन्छ। 

भारतबाट आई.ए. सम्मको अध्ययन गरेकी देव ६ छोरीकी आमा हुनुहुन्छ। समाजसेवामा उहाँको विशेष रुचि छ। उहाँ समाज विकास केन्द्र नामक संस्था खोलेर सामाजिक कार्यमा लाग्दालाग्दै राजनीतिमा प्रवेश गर्नुभएको हो। सामाजिक सक्रियता र जनतासँगको निकटताले आफूलाई संविधानसभामा पुर्‍याएको बताउने सभासद देव संविधानसभामा गएर आफूले गर्ने प्रमुख दुई कामलाई यसरी निर्धारण गर्नुहुन्छ- क. मधेसी जनताको हक-हितका लागि लड्ने, ख. पिछडिएको वर्ग, जात, जातिलाई राज्यको सबै अंगमा समान प्रतिनिधित्वको लागि पहल गर्ने ।

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions