|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल
सुरिता कुमारी साह जनकपुर नगरपालिका निवासी ४२ वर्षीया सुरिता कुमारी साह समानुपातिकतर्फ मधेसी जनअधिकार फोरमका सभासद हुनुहुन्छ। विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश गरेकी साह २०४९ देखि २०५१ सालसम्म नेपाल विद्यार्थी संघमा सक्रिय हुनुहुन्थ्यो भने त्यसपछि १२ वर्षसम्म नेपाली कांग्रेसमा क्रियाशील हुनुभएको थियो। त्यस उप्रान्त २०६३ सालमा उहाँ मधेसी जनअधिकार फोरममा प्रवेश गर्नुभयो र तराई सांस्कृतिक केन्द्रको सदस्यको रुपमा क्रियाशील हुनुभयो। हाल उहाँ फोरमका सक्रिय सदस्य हुनुहुन्छ। समाजसेवामा समेत रुचि राख्ने साह रोटरी क्लब (जनकपुर) का संयुक्त सचिव तथा सुडी समाजका अध्यक्ष रहनुभएको छ। उहाँले त्रिभुवन विश्व विद्यालयबाट जीव बिज्ञानमा एम.एस्सी. सम्मको अध्ययन गर्नुभएको छ। महिला वर्गको विकास नभएसम्म देश विकास हुन नसक्ने धारणा राख्ने सभासद साह संविधान निर्माणमा सबै पक्षको सहभागिता जरुरी रहेको बताउनुहुन्छ। उहाँले संविधानसभामा दुई मुद्दामा प्रमुखतासाथ आवाज उठाउने अठोट गर्नुभएको छ - क. महिला शिक्षा, ख. आफ्नो जिल्लाको विकास। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||