|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल
सत्रुघन प्रसाद सिंह कोईरी सिरहा, असनपुर निवासी शत्रुघन प्रसाद सिंह कोइरी मधेसी जनअधिकार फोरमका तर्फबाट सिरहा क्षेत्र नं ४ बाट निर्वाचित सभासद हुनुहुन्छ। २०४६ सालदेखि राजनीतिमा संलग्न ३३ वर्षीय कोइरी २०६३ साल माघे संक्रान्तिका दिनसम्म नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्थ्यो भने त्यसपछि मधेशी जनअधिकार फोरमसँग सम्बद्ध रहनुभएको छ। मधेस आन्दोलनका सिलसिलामा २०६४ फागुनमा उहाँ हिरासतमा समेत रहिसक्नुभएको छ। भारतमा राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका कोइरी दुई छोरा र एक छोरीका पिता हुनुहुन्छ। समाजसेवा र देशसेवामा रुचि राख्ने कोइरी बस व्यवसाय सँग पनि सम्बन्धित हुनुहुन्छ। उहाँ बस व्यवसायी संघ-सगरमाथाका कोषाध्यक्ष हुनुहुन्छ र श्रमजीवी सहकारी संस्थामा पनि सक्रिय रहँदै आउनुभएको छ। पार्टीको गाउँ एकाइ कमिटीको अध्यक्ष र सप्तरी जिल्ला कार्यसमितिको सदस्यको जिम्मेदारी उहाँले सम्हालिसक्नुभएको छ। आफूलाई जनताले मधेसी, जनजाति, आदिवासी, दलित लगायतको आवाज मुखरित गर्न संविधानसभामा विजयी गराएको उहाँको आकलन छ। समावेशी संविधानको निर्माण र संघीय, लोकतान्त्रिक रान्यको निर्माण संविधानसभामा उहाँले प्रमुखतासाथ उठाउने अठोट गरेका दुई मुद्दा हुन्। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||