नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
स्वतन्त्र

बबन सिंह

रौतहत, क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा निर्वाचित सभासद बबन सिंहले भूमिगत अबस्थामै उम्मेद्वारी दिएर विजय हासिल गर्नुभएको हो। काठमाडौंमा भएको बम कान्डमा आफूलाई राजनीतिक रुपमा फसाइएकोले भारतमा गई भूमिगत हुनुपरेको र त्यही अवस्थामा चुनाब लडेको उहाँ बताउनुहुन्छ। जनतासँगको आत्मीय संबन्ध र इमान्दारीले आफूलाई निर्वाचनमा विजयी गराएको उहाँको आकलन छ। ३१ वर्षीय सिंह अविवाहित हुनुहुन्छ र उहाँले भारतबाट आइ.ए. सम्मको अध्ययन गर्नुभएको छ। उहाँको पेशा ठेक्का पट्टा हो र राजनीति विशेष रुचिको क्षेत्र हो।

बबन सिंह २०४० देखि २०६३ साल सम्म नेपाली कांग्रेसमा र २०६३ को मधेश आन्दोलन देखि मधेशी जन अधिकार फोरममा सक्रिय हुनुहुन्थ्यो। भन्नुहुन्छ- तर कांग्रेस र फोरममा लागेर केही नहुने, केही गर्न नसकिने देखेपछि स्बतन्त्र रुपमा राजनीति शुरु गरेको हुँ। नियम कानून सबैलाई बराबर लाग्नुपर्छ, कसैलाई लाग्ने - कसैलाई नलाग्ने हुनुहुँदैन भन्ने आग्रह राख्‍ने सिंह संविधानसभामा राज्यको पुनः संरचना र सबैलाई समान अधिकारको मुद्दालाई प्रमुखतासाथ उठाउने बताउनुहुन्छ।

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions