|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
राष्ट्रिय जनशक्ति पार्टी
प्रकाश चन्द्र लोहनी राष्ट्रिय जनशक्ति पार्टीको सह अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी २०२७ साल देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । तत्कालिन पंचायति व्यवस्थामा वि.स. २०२७ सालमा स्नातक गरेकाहरुबीच निर्वाचन हुने कोटाबाट राष्ट्रिय पञ्चायत सदस्यमा लोहनी निर्वाचित हनुभएको थियो । उहा प्रजातन्त्र पुनस्थार्पना पछि २०४८ र २०५१ सालमा भएको संसदीय निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभयो भने २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा झिनो मतले पराजित हुनुभयो । अर्थशास्त्रमा विद्यावारिधि हासिल गर्नुभएका लोहनी २०४१ सालमा एसियाली विकास बैंकको अध्यक्ष हुनुहुन्थ्यो । उहाले सन् १९९५ र ९६ मा नेपालको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिनुभएको थियो । २०३९ सालमा अर्थमन्त्री भएका लोहनीले प्रजातन्त्र प्राप्ति पछि २०५२ सालमा परराष्ट्रमन्त्री र २०५४ सालमा कृषिमन्त्रीको जिम्मेवारी पनि निर्वाह गर्नुभयो भने २०५९ सालमा फेरी अर्थमन्त्री बन्नुभयो । समाजसेवामा रुचि भएको बताउने लोहनीले संविधानसभामा आर्थिक सुधार र राजनीतिक स्थिरताको मुद्यालाई प्रमुख रुपमा उठाउने बताउनुभयो । |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||