नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाली जनता दल

गायत्री साह

नेपालगंज, अर्नाहामा जन्म भई सर्लाहीमा बसोबास गर्ने गायत्री साह समानुपातिक तर्फ नेपाली जनता दलका सभासद हुनुहुन्छ। २५ वर्षीया साहको मातृभाषा बज्जिका हो र उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ। दलित र पिछडिएकाहरुलाई समाजमा गरिने शोषण र अपमान तथा आफूलाई दिइएको सामाजिक यातनाबाट राजनीतिमा लाग्न प्रेरित भएको बताउने साह २०५६ सालदेखि राजनीतिमा हुनुहुन्छ। उहाँ नेपाली जनता दलका केन्द्रीय सह-सचिव हुनुहुन्छ। 

सामाजिक कार्यमा विशेष रुचि राख्‍ने सभासद गायत्री साह नेपाल नारी संगम उत्थान केन्द्र, सुडी युथ समाज र जय जनता ट्रेनिङ वेलफेयर काउन्सिल लगायतका संघसंस्था सँग आवद्ध हुनुहुन्छ। परिवारको सहयोग र समर्थनबाट नै आफू संविधानसभा सम्म पुग्न सफल भएको बताउने साह देशलाई अघि बढाउन शिक्षामा जोड दिनुपर्नेमा विश्‍वस्त हुनुहुन्छ। संविधानसभामा उहाँले उठाउने अठोट गरेका प्रमुख मुद्दा हुन्― क. दलित, अल्पसंख्यक, मुस्लिम, महिला, आदिवासी तथा पिछडिएका वर्गको उत्थान, ख. राज्यका सबै अंगमा महिलालाई ५० प्रतिशत स्थान सुरक्षित गर्ने व्यवस्था। 

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions