|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
अग्नी प्रसाद साप्कोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित एकिकृत नेकपा माओवादीका संविधान सभा सदस्य अग्निप्रसाद सापकोटा माओवादीका केन्द्रीय सदस्य पनि हुनुहुन्छ। संविधान सभा निर्वाचनमा आफ्ना प्रतिश्प्रधीलाई धेरै मतान्तरले जित्ने १० जनामा मध्ये सापकोटा एक हुनुहुन्छ। पूर्व शिक्षक सापकोटाले पार्टीको नीति र आफू स्थानीय व्यक्ति भएको कारण संविधान सभा सदस्यमा निर्वाचित भएको बताउनुभयो। सिन्धुपाल्चोक कुभिन्डेमा २००१ फगुन २४ गते धनपति र तीलमाया सापकोटाको कोखबाट जन्मेका सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर तह सम्म अध्ययन गर्नुभएको छ। २०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका सापकोटा २०५१ सालमा पार्टीको केन्द्रीय सदस्य हुनु भएको थियो। माओवादी सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा अपनाउनु भएको थियो। सिन्धुपाल्चोक जनजागृति माविका पूर्व प्राधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बन्नु भएको थियो। २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि उहा पराजित हुनुभएको थियो। सापकोटाकी श्रीमती तारादेवी पनि माओवादीको क्षेत्रीय सदस्य हुनुहुन्छ। पार्टीले जिम्मेवारी दिएको विषयलाई संविधान सभामा उठाउने सापकोटाले जानकारी दिनुभयो। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||