नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी

अक्कलबहादुर थिङ

एकिकृत नेकपा माओवादीको तर्फबाट काभ्रे-३ बाट विजयी सभासद् अक्कलबहादुर थिङ जनताको परिवर्तन प्रतिको चाहना र माओवादी प्रति जनताले देखाएको विश्वास नै आफ्नो विजयीको कारण भएको बताउनुहुन्छ।

२०४६ सालदेखि नेकपा मालेबाट राजनीतिक यात्रा थालेका थिङ माओवादीको शसस्त्र विद्रोहले गति लिएका बेला २०५५ सालमा माओवादीमा प्रवेश गर्नुभएको थियो। लामो समयसम्म माओवादी सेनामा रहेर काम गरेका थिङ जनमुक्ति सेनाको बटालियन कमिसार पनि हुनुभएको थियो।

२०२७ पुस ९ गते काभ्रेको फलामेटारमा जन्मेका थिङ माओवादीको काभ्रे सचिव पनि हुनुहुन्छ। सन्चमाया र च्यान्टेबहादुरका पुत्र थिङले एसएलसीसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ।

पार्टी भित्र महेश उपनामले चिनिने थिङ संविधान सभामा गरीब उत्पिडित वर्गका क्षेत्रका जनताको पक्षमा संविधान लेख्न आफ्नो तर्फबाट पार्टीले दिएको भूमिका अनुसारको आवाज उठाउने बताउनुहुन्छ।

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions