|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
अशोककुमार रोकायाक्षेत्री सभासद् अशोककुमार रोकाया संकल्प सहिद तथा बेपत्ता परिवारका हुनुहुन्छ भने माओवादी राज्य समिति सदस्य पनि। उहाँका एक छोरा जनयुद्धमा मारिए भने स्क्वाट कमाण्डर उहाँका एक छोरा राज्यद्वारा बेपत्ता। ०३६ देखि नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीतिको दुनियाँमा साइत गर्नुभएका रोकाया ०३७ देखि अखिल छैठौंहुँदै वाम राजनीतिमा आउनुभएको थियो। केही वर्ष राजनीतिदेखि टाढिनुभएका रोकाया दुई वर्ष सहलेखापाल, एक वर्ष सचिव र ९ वर्ष शिक्षण गर्नुभयो। ०४९ मा जनमोर्चा नेपालको तर्फबाट गाविस अध्यक्ष चुनाव हार्नुभएका रोकाया त्यसको लगत्तै उहाँ भूमिगत राजनीतिमा प्रवेश गर्नुभयो। ०५२ मा खुला भएर जनमोर्चाको बाँके उपाध्यक्ष हुनुभयो। किलो सेरा टु अपरेशनसँगै फेरि भूमिगत हुनुभएको थियो। उहाँ ०४९ मै पार्टीको जिल्ला समितिमा पुग्नुभएका रोकाया ०५९ सचिव भई बाँके र बर्दियामा काम गर्नुभयो। रुकुमको छिबाङमा ५० वर्षअघि जन्मनुभएका रोकाया आइएसममो औपचारिक अध्ययन गर्नुभएको छ। बाँकेको महादेवपुरीमा स्थायी बसोबास गर्नुहुने रोकायाकी छोरी माओवादी बाँके सदस्य र श्रीमती सल्लाहकार हुनुहुन्छ। क्रान्तिकारी भूमिसुधारका कुरालाई सविधानमै सुनिश्चित गराउनु नै उहाँको मुख्य एजेण्डा छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||