|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
बाबुलाल पासवान ५८ वर्षीय बाबुलाल पासवान 'जोगलाल' २०३४ साल देखि वाम राजनीतिमा लाग्नु भएको हो। पासवान २०५४ सालमा नेकपा माले छाडेर माओवादीमा प्रवेश गर्नुभएको थियो। गाउ" पार्टी सचिवबाट माओवादीको राजनीतिमा प्रवेश गरेका पासवान मधेसी राष्ट्रिय मुक्तिमोर्चा र दलित मोर्चा जिल्ला सदस्यको जिम्मेवारी पनि पुरा गरिसक्नु भएको छ। २०६३ सालमा मजदूरको नगर उपाध्यक्ष भएका पासवान माओवादी जिल्ला समिति सदस्य पनि हुनुहुन्छ। पासवान सुकुम्बासीको केन्द्रीय सदस्य र रिक्सा मजदूरको केन्द्रीय कोषाध्यक्ष पनि हुनुहुन्छ। छुवाछुतका कारण उच्च वर्गका जातिसँग बेन्चमा बसेर अध्ययन गर्न नपाएका पासवान बोरा ओछ्याएर ४ कक्षासम्म अध्ययन गरेको बताउनुहन्छ। आफ्नो मन पढाइमा अल्भि्कए पनि गरिबी र छुवाछुतका कारण पढाई बीचमै माया मार्नु परेको पासवानको अनुभव छ। पासवान लामो समयसम्म सवा किलो चामल र ७० रुपैया" महिनावारीमा अर्का घरमा हलो जोत्नु भएको थियो। त्यसपछि रिक्सा चालक बनेका पासवानलाई रिक्साचालक भएकै बेला वाम राजनीतिले तानेको हो। २ छोरा र ५ छोरीका पिता पासवानले दाइजो प्रथाका कारण कान्छी छोरीको बिहे गर्न नसकेको दुखेसो पोख्नुहुन्छ। पासवानलाई सुरुमा पार्टीले सभासद बनाइदिएको भन्दा विश्वास नै लागेको थिएन। आफ्नो घरमा टि भी नभएका पासवान, एक माइल टाढा आफन्तको घरमा गएर टिभी हेरेपछि मात्र आफू सभासद भएकोमा विश्वास गर्नुभएको थियो। सभासद्को कल्पना नै नगरेका पासवान सुकुम्बासीको हकलाई संविधानमै लेखाउने आफ्नो ल73य रहेको बताउनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||