|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
बर्ष मान पून मगर एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत ललितपुर क्षेत्र नम्बर १ का विजयी संविधान सभा सदस्य वर्षमान पुन अनन्त माओवादीका केन्द्रीय सदस्य एवं जनमुक्ति सेनाका चारजना डेपुटी कमा48डरमध्ये एक हुनुहुन्छ। रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनुभएका पुन कानुनमा स्नातक हुनुहुन्छ। पंचायाती शासन कालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा लाग्नुभएका पुनले जनयुद्धको बेला पूर्वाञ्चल र राजधानीमा काम गर्नुभएको थियो। २०६२/०६३ सालको जनआन्दोलनको बेला उहाँ माओवादीको तर्फबाट उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेता हुनुहुन्थ्यो। ०५२ सालमा जनयुद्ध थालनीको समयमा होलेरी चौकी आक्रमणको बेला पुन राजनीतिक कमिसार हुनुहुन्थ्यो। माओवादी केन्द्रीय सदस्य कुलप्रसाद केसी सोनाम र उहाँकी पत्नी तारा घर्ती मगर तथा पुन र उहाँकी श्रीमती ओनसरी घर्ती मगर दुई जोडी नै पहिलो चौकी आक्रमणमा सहभागी हुनुभएको थियो। पुन की श्रीमती ओनसरी पनि समानुपातिक तर्फबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुहुन्छ। कम उमेर माओवादीको पोलिटब्युरोमा पुग्ने थोरै नेता मध्येका एक पुन माओवादी अध्यक्ष प्रच48डका निकट मानिनुहुन्छ। लेखन र अध्ययनमा फुर्सदको समय बिताउन मन पराउनुहुने पुनका जातीय, वर्गीय र लिंगीय उत्पीडनका मुक्त गरी नयाँ नेपाल बनाउन पार्टीको एजेण्डालाई नै संविधानमा सुनिश्चित गर्ने भनाई छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||