|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
भिष्म धिमाल सभासद् भीष्म धिमाल सीपी मैनाली, प्रदीप नेपालहरुसँगै नक्खु जेल तोडेर निस्कने एक योद्धा पनि हुनुहुन्छ। झापास्थित शनिश्चरे -६ सालबारीमा एक विपन्न किसान धिमाल परिवारमा ५८ वर्षअघि जन्मनुभएको थियो। १७ वर्ष जेल जीवन बिताउनुभएका धिमाल ०२६ देखि किसान आन्दोलनबाटै राजनीतिमा साइत गर्नुभएको थियो। उहाँ ०२९ मा जेल पर्नुभयो। नक्खु जेल तोडेको ५ दिनपछि पुनः पक्राउ पर्नुभएको थियो र बहुदल आउनु तीन महिनाअघि मात्र उहाँ जेलमुक्त हुनुभएको थियो। उहाँ माले हुँदै एमालेमा काम गर्नुभयो। एमाले झापा सदस्य र जिल्ला विकास समितिमा मनोनित सदस्य पनि बन्नुभयो। घरवारविहीन धिमाल आफू संलग्न रहेको दलमा आएको नैतिक र राजनीतिक संस्कारमा आएको ह्रासका कारण निस्त्रि्कय बनेेको बताउनुहुन्छ। लुभुमा च्याउ खेती गर्दै आएका तर लामो राजनीतिक पृष्ठभूमि बोक्नुभएका धिमाललाई एमालेले पनि समानुपातिकमा उम्मेदवार बनाएको थियो। उहाँले जेलमुक्त भएपछि उहाँले एक वर्ष पत्रिका पसल थाप्नुभएको थियो। यसैबीच धिमालको कान्तिपुरमा छापिएको अन्तर्वार्तापछि चिठीद्वारा जोडिएको प्रेम ४८ वर्षको ललितपुरकी चुडादेवी दाहाल 'नमूना'सँग प्रेमविहे गर्नुभएको थियो। उहाँको ११ वर्षको छोरा छन्। एलएलसीसम्मको औपचारिक शिक्षा लिनुभएका धिमाल माओवादी कोचिला राज्य समिति सल्लाहकार पनि हुनुहुन्छ। पिछडिएका वर्ग र जातिको अधिकारलाई सुनिश्चित गराउनु नै उहाँको मुख्य एजेण्डा रहेको छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||