नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी

बुद्धि राम गुरुङ

लमजुङको श्रीभञ्ज्याङमा २०१७ साल माघमा जन्मेका माओवादी सभासद् बुद्धिराम तमुले २०३९ सालदेखि कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो। गोपीराम र भुन्टी गुरुङका छोरा तमुले माओवादी निकटको तमु राष्टिय मुक्ति मोर्चाका जिल्ला सदस्य हुँदै २०५८ सालमा त्यस्को केन्द्रीय सदस्य हुनुभयो।

तमु २०५९ सालमा माओवादी पार्टीको लमजुङ जिल्ला समितिको सदस्य र तमु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष बन्नु भएको थियो। उहाँ २०६० सालमा तमुवान स्वायत्त प्रदेशका सदस्यहुँदै २०६४ सालमा राज्य समितिका सदस्य बन्नु भयो।

माओवादी पार्टी प्रति जनताले गरेको विश्वास नै आफ्नो विजयको कारण भएको तमु बताउनुहुन्छ। शोषित पीडित जनताको पक्षमा संविधान लेख्ने तमुको लक्षय रहेको छ।

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions