नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी

चन्द्र बहादुर थापा

एकिकृत नेकपा माओवादीको तर्फबाट गुल्मी क्षेत्र नम्बर ३ बाट विजयी सभासद् चन्द्रबहादुर थापा, सागर, माओवादीको भातृ संगठन योङ कम्युनिस्ट लीगका उपत्यका इन्चार्ज हुनुहुन्छ। आफ्नै राजनीतिक गुरु बताउने नेकपा एमालेका गोकर्ण विष्टलाई पराजित गरेर आफू संविधान सभामा विजय भएर आएको थापाले बताउनुभयो। विष्ट र थापा दुबैजना गुल्मीको दोहली गाविसका स्थायी बासिन्दा हुनुहुन्छ।

गुल्मीको दोहली गाविस ३ कोटकेरीका दमयन्ती र इन्द्रबहादुरका ६ छोराछोरीमध्ये एक थापा २०३१ सालमा बैशाख ५ गते जन्मनु भएको हो। शसस्त्र विद्रोहकै क्रममा उहाँको दाजु महेन्द थापाको फौजी कारवाहीमा परी मृत्यु भएका घटना उहाँका लागि सदा स्मरणमा आउने घटना हो। थापाकी श्रीमती कल्पना गुल्मीमा नै शिक्षिका पेशा अपनाउँदै आउनुभएको छ।

विष्टकै प्रभावबाट राजनीतिमा लागेका थापा विद्यालयमा अध्ययन गर्दा नै तत्कालिन नेकपा मालेको विद्यार्थी फाँटबाट राजनीति शुरु गर्नुभएको थियो। त्यसपछि एमालेको विद्यार्थी संगठनको राजनीति गरेका थापा क्याम्पसको विद्यार्थी युनीयनका सदस्य तथा बुटवल क्याम्पसको अनेरास्ववीयू प्रमुख पनि हुनुभयो।

माओवादीले जनयुद्ध सुरु गरेपछि त्यस पार्टीमा आकर्षित भएका थापा २०५४ सालमा माओवादी भातृ संगठन अखिल क्रान्तिकारीको गुल्मी जिल्ला उपाध्यक्ष र जनमुक्ति सेनाको स्क्वाट कमा48डर पनि हुनुभयो। जनमुक्ति सेनाको प्लाटुन सहकमा48डर, ब्रिगेड कमा48डर, 'अर्बान गुरिल्ला215' कमा48डर हु"दै उहाँ 'स्पेशल टास्कफोर्स' कमा48डर पनि बन्नुभएको थियो।

शसस्त्र विद्रोहका बेला तत्कालिन शाही सेना र नेपाल प्रहरी विरुद्धका ३७ वटा 'कारबाही'मा भाग लिएको थापाले जानकारी दिनुभयो। १९ दिने जनआन्दोलनका बेला थापाले माओवादीका तर्फबाट राजधानी उपत्यकामा फिल्ड कमा48डरको भूमिका निर्वाह गर्नुभएको थियो। युवा वर्गको लागि रोजगारको निश्चितता भएको संविधान लेख्नमा आफ्नो ध्यान केन्द्रित हुने थापा बताउनुहुन्छ।

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions